डेंगुले लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन

-


     क्लिक गण्डकी     
     कार्तिक १६ गते २०७९ मा प्रकाशित


चाँदनी अधिकारी

चाँदनी अधिकारी

पोखरा, १६ कात्तिक/ लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण बुधबार निधन भएको छ । २२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् ।

लम्जुङमा सक्रिय पत्रकारीता गर्दै आएकी अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव, सञ्चारिका समूह लमजुङका सहसचिव रहेकी अधिकारीको डेंगुका कारण निधन भएको परिवारले जनाएको छ ।

अधिकारीलाई थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमा निधन हो । उनका श्रीमान् बिदेशमा रहेको र उनी आएपछि भोटओडारमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनको निधन प्रति विभिन्न संघ संस्थाले विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।



Tags: ,