
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा । पोखरा महानगरपालिका–१५ लक्ष्मीटोलबाट लागुऔषध खैरो हेरोइन ९ब्राउन सुगर० र ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।
मंसिर ३ गते दिउँसो करिब ३ः४५ बजे लक्ष्मीटोलमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बाँडभञ्ज्याङ निवासी ३५ वर्षीय दिनेश श्रेष्ठ र स्याङ्जा बिरुवा गाउँपालिका–३ घर भई हाल पोखरा–१५ बस्ने ३० वर्षीय महेश गुरुङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकबाहेक तौल गर्दा ४।२० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ट्रामाडोल ११ चक्की र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।







