पोखरा आएको फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

-


     क्लिक गण्डकी     
     असाेज १७ गते २०८३ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले सेक्टेम्बर २३ देखी उडान गर्ने

फ्लाइ दुबई

पोखरा, १७ असोज / दुबईबाट पोखरा आएको फ्लाईदुबईको जहाज खराब मौसमका कारण भारतको लखनउतर्फ डाइभर्ट भएको छ।

शनिबार साँझ पोखरामा हावाहुरीसहित वर्षा भएपछि विमानस्थल आसपासको मौसम प्रतिकूल बनेको थियो। पोखराको आकाशमा केही समय होल्ड गरेपछि जहाज लखनउतर्फ डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ। पोखरा विमानस्थलमा ६ बजेर १५ मिनेटमा ल्याण्ड हुने तालिका थियो ।

विमानले पोखराको आकाशमा करिब पाँच राउण्ड लगाएपछि मौसममा तत्काल सुधार नआएपछि लखनउतर्फ गएको हो। पोखरा विमानस्थलका अनुसार मौसममा सुधार आएपछि फ्लाईदुबईको जहाज पुनः पोखरा फर्किने तयारीमा रहेको छ।