
नबिन बराल
पोखरा, १४ असोज/ नेपाल कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सभापतिमा नबिन बराल बिजयी भएका छन् । क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाममा बरालले १ सय ४९ मत प्राप्त गर्दै विजयी भए ।
सभापति पदमा सुभाष सिग्देल १ सय ४२, देवराज आचार्य १ सय ३१ मत प्राप्त गर्दा देवकृष्ण पराजुली ९४ मत प्राप्त गरे ।
५ सय ५४ प्रतिनिधि रहेको यस क्षेत्रमा ५ सय ४० मत खसेको थियो। प्रदेश सभा क्षेत्रतर्फ २ क मा २ सय ५६ र ख मा २ सय ८४ मत खसेको थियो ।
कास्की २ क मा भोजराज आचार्य विजयी भएका छन् । उनले १ सय ३२ मत प्राप्त गर्दा अर्जुन पोख्रेलले १ सय २३ मत प्राप्त गरे । कास्की २ ख मा अमृत शर्मा तिमिल्सिनाले १ सय ४८ मत प्राप्त गर्दा दीपेन्द्र मर्सानीले १०० मत र सुबर्ण केसीले ३३ मत प्राप्त गरे ।







