
पहिरो
पोखरा, १० असोज/ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भोलडाँडामा अविरल वर्षाका कारण घरको आँगन र भान्सा कोठा भक्एिको छ ।
वर्ष ४० की रुपा विकको घरको आँगन तथा किचन कोठा भासिन गई किचनमुनि रहेको बाख्राको खोर भत्किँदा खोरमा रहेको बाख्राको पाठी मरेका छन् ।
घर जोखिममा परेपछि रुपा विकसहित पाँच जनाको परिवार नजिकै रहेको बहिनीको घरमा सारिएको छ ।







