बेगनास गाउँबाट देखिन्छ प्रकृतिको अनुपम दृश्य

-


     क्लिक गण्डकी     
     असाेज ४ गते २०८३ मा प्रकाशित


बेगनास गाउँबाट देखिन्छ प्रकृतिको अनुपम दृश्य तस्बिरः सुजुकी रानाभाट

बेगनास गाउँबाट देखिन्छ प्रकृतिको अनुपम दृश्य तस्बिरः सुजुकी रानाभाट

पोखरा, ४ असोज/ पोखरा महानगरपालिका ३१ बेगनास गाउँबाट तलतर्फ नियाल्दा देखिने प्राकृतिक दृश्यले जो–कोहीको मन लोभ्याउँछ। अग्लो डाँडाबाट हेर्दा तल शान्त र नीलो बेगनास ताल र केही पर रुपा ताल देखीन्छ ।

वरिपरिका हरियालीले भरिएका डाँडाकाँडा, ग्रामीण बस्ती र घुमाउरा सडकले यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रचार हुन थालेको छ । पोखरा ३१ माझीकुनाबाट भञ्ज्याङ हुदै नेपाले चौतारा पुग्न सकिन्छ ।

यो ठाउँ र गैरी खेत सम्म आफ्नो सवारी साधनमा जान सकिने र डाडाँमा पुगेपछि रमणीय दृश्य हेर्न सकिने सुजुकी रानाभाटले जानकारी दिए ।

उनले यहाँ तालको दृश्यावलोकन सँगै गाउँको जीवनशैली नजिकबाट अनुभव गर्न र शान्त वातावरणमा समय बिताउन सकिने बताए । रानाभाटले आफ्नो सुजुकीभ्लग्समा भिडियो पोष्ट गरेपछि त्यस क्षेत्रमा दैनिक आन्तरिक पर्यटकहरु बढेको बताए । उनले अहिलो दैनिक ५ सय सय बढि युवाहरु पुग्ने गरेको बताए ।

पर्यटकको आगमन बढ्दै जाँदा भने आवश्यक पर्यटन पूर्वाधारमा निमार्ण गर्न आवश्यक रहेको बताए । खाजा, खानेपानीको सहज व्यवस्था, सफा शौचालय, फोहोर व्यवस्थापन, विश्रामस्थल, पार्किङ लगायतका पूर्वाधार विस्तार गर्न आवश्यक रहेको उनको भनाई छ ।



This will close in 10 seconds