
पोखरा–दुबई सिधा उडानः सफल बनाउन गण्डकी प्रदेश सरकार सक्रियता, व्यवसायीको छुट प्याकेज
पोखरा, २ असोज/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको भन्दै पोखराका पर्यटन व्यवसयी उत्साहीत भएका छन् । गण्डकी प्रदेश सरकारले उडानलाई सफल बनाउन लागि शुक्रबार राखेको कार्यक्रममा व्यवसायीले उतसाहीत हुदै विभिन्न छुट प्याकेज समेत घोषणा गरे । पर्यटन व्यवसायी र निजी क्षेत्रले उडानलाई दिगो बनाउन विभिन्न छुटका प्याकेजहरु घोषणा गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै तीन वर्ष हुन थाल्दा संयुक्त अरब इमिरेट्सको दुबईसँग नियमित हवाई सम्पर्क जोडिँदैछ । फ्लाई दुबईले असोज ७ गते अर्थात् सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान सुरु गर्दैछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको लामो प्रतीक्षापछि दुबईसँग सिधा हवाई सम्पर्क स्थापना हुने भएकाले सबैको साथ आवश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । उनले फ्लाई दुबइले पहिलो ६ महिनाको दैनिक सेडुल निकालेको भन्दै त्यसलाई सफल बनाउन सकेमा पोखराबाट अन्तराष्ट्रिय उडान सफल हुने बताए । त्यसका लागि सरकार र निजी क्षेत्र एक जुटभएर अगाडी बढ्नु पर्ने बताए ।
दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक भएकाले पोखराबाट त्यहाँ हुँदै युरोप, अमेरिका, जापान, लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्न र त्यहाँबाट सिधै पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ । उडान सुरु हुनु मात्रै पर्याप्त नभई यसलाई नियमित र दिगो बनाउनु चुनौती पनि उत्तिकै रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरी भुजेल बताउ छन् । उनले यो उडानले पर्यटन व्यवसायीलाई मात्रै नभएर देशकै आर्थिक बृद्धिमा समेत टेवापुग्ने बताए ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले फ्लाई दुबइलाई पोखराबाट नियमीत उडानमा टेवापुगोस् भन्दै छुटको योजना ल्याएको बताए । उनले फ्लाई दुबईबाट पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखराका होटलहरुमा २५ प्रतिशत छुट दिने बताए । त्यसै गरि रेवान पोखराका अध्यक्ष बसन्त गौतमले रेवानका सदस्य रहेका रेष्टुरेण्टहरुमा २० प्रतिशत छुट दिने बताए । त्यसै गरी बेगनास होटल तथा रेष्टुरेण्टमा ५ दिन सम्म २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यसै गरी टान गण्डकी, नाट्टा गण्डकी, एनटिभिए लगाएतका संस्थाले पनि छुटको व्यवस्था गरेका छन् ।
पोखरा दुबई उडानलाई सफल बनाउन गाउँ देखी शहर सम्मै लाग्नु पर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनले पोखराबाट दुबई जाने अकुपेन्सी करिब ९० प्रशित बुक भइसेको र दुबईबाट पोखरा आउने ९५ प्रशित बुक भएको बताए ।
पोखरा–दुबई सिधा उडानले गण्डकी प्रदेशको पर्यटनसँगै व्यापार, रोजगारी र लगानीका क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्ने व्यवसायीको अपेक्षा छ ।







