स्याङ्जाको चिउरीमा विश्वकै अग्लो बञ्जी बन्ने, ५१ करोड लगानी

-


     क्लिक गण्डकी     
     भाद्र ६ गते २०८३ मा प्रकाशित


द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

बञ्जी

स्याङ्जा, ६ भदौ/ स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ र ८ को चिउरीमा विश्वकै अग्लो बञ्जी जम्प बन्ने भएको छ ।

गरिमा होल्डिङ्स लिमिटेडको सहायक कम्पनी गरिमा एड्भेन्चर्स लिमिडेटको ५१ करोड लगानीमा विश्वकै अग्लो बञ्जी जम्प सहित साहसिक खेलहरु निमार्ण गर्ने भएको छ ।

पर्यटकलाई लक्षित गरी नयाँ गन्तव्यस्थल निर्माण गर्ने योजना सहित निमार्ण गर्न लागेको हो । गल्याङ नगरपालिका वडा नं ७ र ८ को चिउरीमा करिब ५६० देखि ६०० मिटर लामो र २८६ मिटर उच्चाईको झोलुङ्गे पुल निर्माण गरी बञ्जी निर्माण गर्न लागिएको गरिमा एड्भेन्चर्स लिमिडेटले जानकारी दिए ।

विश्वको सबैभन्दा अग्लो बञ्जी जम्प चिनको झाङजियाजी ग्लास ब्रिज हो । यो २६० मिटर उच्चाईको रहेको छ । चिउरीमा निर्माण हुने बन्जी २८६ मिटरको हुने र यो विश्वकै अग्लो बञ्जी जम्प दावी कम्पनीको हो । बञ्जी जम्पको सम्भाव्यता अध्ययनको काम सकिएर अहिले डिपिआरको काम भइरहेको छ ।

बञ्जीसँगै स्काई साईकलिङ, चियरलिफ्ट, जिपलाइन, स्काइ डिनर, रक क्लाइम्बिङ, स्काई ब्रिज, स्वीमिङ र रिर्सोट सञ्चालन गर्न कम्पनीले १३० रोपनी जग्गा खरिद गरिसकेको छ ।

बञ्जी सञ्चालनका लागि पर्यटन विभागबाट स्वीकृतिको चरणमा रहेको छ । डिपिआरको काम सम्पन्न हुनासाथ निर्माण काम थाल्ने र एक वर्षभित्रमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।