
मर्दी पदयात्राबाट हराएका तीनजनाको सकुशल उद्धार
पोखरा, २१ साउन/ मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका पोखराका तीनै जनालाई शसस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरिएको छ । उनीहरूलाई छोमरोङ नजिकै मोदी खोलाबाट उद्धार गरिएको हो ।
मर्दी पदमार्ग स्थित बादलडाँडाबाट हराएका उनीहरू २ दिनसम्म सम्पर्कमा थिएनन् । तीनै तहका सुरक्षा निकायको सक्रियतामा बिहीबार बिहान डोरीको साहेताबाट खोलाबाट पारी ल्याइ उद्धार गरिएको प्रहरीले जनाएको छ ।
तीनैजनालाई आवश्यक स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।





