
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) छिटै कार्यन्वयनमा आउछ पर्यटन सचिब निरौला
पोखरा, १८ साउन/ पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) छिटै कार्यन्वयनमा आउने संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब मुकुन्द प्रसाद निरौलाले बताएका छन् । पोखरा पर्यटन परिषद्मा छलफल गर्दै सचिब निरौलाले पदयात्रा क्षेत्रलाई व्यवस्थीत गर्न पनि टिम्सको कार्यान्वन गर्नु पर्ने बताए ।
सचिब निरौलाले नेपाल पर्यटन बोर्ड अटोनोमस संस्था भएका कारण बोर्डले नै टिम्स लागू गर्ने बारेमा निर्णय गर्न सक्ने बताउ । उनले आफुले नै ८ महिना पहिले टिम्स लागू गर्न भने पनि बोर्डले अहिले सम्म पनि टिम्सको कार्यान्यन नगरेको बताए । उनले यस अगाडीका बोर्ड सदस्यहरुको मतभेद भएका कारण कार्यान्वनमा आउन नसकेको भन्दै अहिले जसरी भएपनि टिम्स लागु गर्ने बताए ।
सचिबलाई पोखरा र पर्यटन क्षेत्रका समस्याहरु सुनाउदै पोखरा परिषद्का अध्यक्ष तारानाथ पहारी, बरिष्ठ उपाध्यक्ष हरि भुजेल, महासचिब जीवन सापकोटा, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले टिम्स लागु गर्नुपर्ने, पोखरा विमानस्थलबाट अन्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने, नेपाल एयर लायन्स कम्पनीको सेवा प्रवाभकारी बनानु पर्ने, ठुला जहाज थप्नु पर्ने, नेपाली पर्यटन बजारको अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने लगाएतका माग गरेका थिए ।
पर्यटन सचिब निरौलाले नेपाल पर्यटन बोर्डले अबका दिनमा पुर्वाधार निमार्णमा नभई पर्यटन प्रर्वद्धनका काममा लाग्ने बताए । उनले नेपाल एयरलायन्सलाई प्रभाबकारी बनाउन कुन मोडलमा सञ्चालन गर्ने भन्ने बारेमा छलफल भइरहेको बताए ।





