बेगनास तालमा पौडी खेल्ने क्रममा डुबे मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ २५ गते २०८३ मा प्रकाशित


बेगनास तालमा पौडी खेल्ने क्रममा डुबे मृत्यु

बेगनास तालमा पौडी खेल्ने क्रममा डुबे मृत्यु

​पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३१, बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आइतबार पौडी खेल्ने क्रममा सिन्धुली जिल्ला घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २३ वर्षका कान्छा मगर रहेका छन् । तालको रेस्क्यु टावर नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो डुबेर बेपत्ता भएका थिए।

​युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको पोखरा ५, मालेपाटनस्थित २४ नम्बर कालिका गणको हेड क्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा खटिएको गोताखोर सहितको ११ जनाको टोलीले शव खोजी गरेर निकालेको छ ।

​तालबाट बाहिर निकालिएका मगरलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा खटिएको टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टका लागि लगेको थियो ।