
रास्वपा कास्कीको सभापतिमा १ भोटले यदुनाथ अधिकारी विजयी
पोखरा, २३ जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मत अन्तरले हराउदै अधिकारी निर्वाचित भएका हुन् ।
अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन् । २९० मतदाता रहेकोमा सबै मत खसेको थिएन ।
सचिवमा विश्वराज पौडेल विजयी भए । उनले १२२ मत ल्याउँदा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए ।
चिनबहादुर गुरुङ उपसभापति र सुजन बस्ताकोटी सहसचिव निर्विरोध निर्वाचित भए । कोषाध्यक्ष भने पछि मनोनीत गर्ने उक्त पार्टीले जनाएको छ ।
जिल्ला कमिटीमा १० सदस्यमध्ये केही सदस्य निर्विरोध हुँदा ४ जनाका लागि मतदान नै भएको थियो ।





