
पोखरामा असिना पानी, किसान मर्कामा
पोखरा, १२ जेठ/ पोखरामा असिना पानी परेको छ । लहरे बाली लागेका किसारलाई असिना पानीले प्रभावीत बताएको छ । पोखरामा सोमबार सबै क्षेत्रमा वर्षा भएको छ भने कतै ठुलो मात्रामा असिना पानी समेत परेको छ ।
असिनाले लहरे बाली र मकैमा ठुलो क्षती पुगेको छ । पोखरा २२, २४ र अन्य क्षेत्रमा ठुलो असिना परेको पोखरा महानगरापालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले पोखराको धेरै जसो भुभागमा परेको असिना पानीले बाली उत्पादनमा क्षती गरेको बताए ।
२ दिन अघि पोखरा २२ मा परेको असिनाले लहरे बाली र मकै बालीमा ठूलो क्षती पुर्याएको थियो भने सोमबार परेका असिनाले पोखरा २४ मा ठुलो क्षती पुगेको बताए ।
असिनाले मकै र फल्दै गरेको काँक्रो, घिरिमल्ला, लौका, करेला, बोडी, सिमि लगाएका बालीमा क्षति पु¥याएको उनको भनाई छ ।
पोखरा–२४ कास्कीकोटका स्थानीय चन्दे्रश्वर बस्ताकोटीले सोमबार परेको असिनाले किसानको सपना चुँडाएको बताए । मनग्य आम्दानी दिने काक्रो, घिरौला, लौका र मकैबाली पूर्ण रूपमा क्षती पुगेको बताए ।
उनले धान र कोदोको बीउमा समेत क्षती पुगेको बताए । तीन महिनाको पसिना, वर्षदिनको आशा र किसानको भविष्य केही मिनेटमै बगर बनेको उनको भनाई छ। उनले असिनाले किसानका हातमा न अन्न बाँकी छ, न आम्दानीको भरोसा। केवल पीडा र निराशा मात्र बाँकी रहेको बताए ।





