
पोखराको भाटभटेनी पुन सञ्चालनमा
पोखरा, २१ वैशाख/ पोखरा ९ न्युरोडमा रहेको भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका बेला पोखराको भाटभटेनी सुपर स्टोरमा पुर्णरुपमा क्षति पुगेको थियो ।
भाटभटेनीको पोखरा शाखाको संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले सुरुवात गरे । उनले रेट्रोफिट गर्दा त्यसलाई जोड्ने रसायन पनि महँगै हुदाँ धेरै खर्च लागेको बताए ।
उनले पछिल्लो १८ दिनमा दिनरात काम गरे पुन सञ्चालनमा ल्याउन सम्भव भएको बताए । उनले जेन्जी आन्दोलनका बारेल भाटभाटेनीका १२ वटा शाखामा आगजनी भएकोमा ५ वटा सञ्चालनमा ल्याएको बताए । अन्य ७ वटामा पनि काम भैरहेको बताए ।
सोमबार पोखरा शाखाको उद्घाटनको बेला उनले संक्षिप्त मन्तव्य दिदै भाटभटेनी फेरि उठ्न सबैको सहयोग पाएको बताए । सबैको साथ र सहयोग अनि आशीर्वादले स्टोर सञ्चालनमा ल्याइएको बताए ।
उनले पारिपट्टि भित्तामा राखिएको एउटा बोर्ड राखेका छन् । त्यो बोडमा जेन–जी आन्दोलन पछिको विध्वंशहरु समेटिएका तस्बिरहरु छन् । त्यसमा लेखिएको छ ‘हे भगवान ! अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्’ पोखरामा केही निमार्णको काम भएपछि सञ्चालन गर्दै निमार्ण अगाडी बढाउने उनले बताए ।





