पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०८३ मा प्रकाशित


पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ

पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ

पोखरा, १ साउन/ कास्की प्रहरीले बसमा यात्रा गरिरहेकी एक महिलाको व्याग चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा यात्रा गरिरहेकी स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो।

घटनाबारे सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रपुर नगरपालिका–१५ निवासी ४२ वर्षीय गुरु प्रसाद बजगाई, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ घर भई हाल पोखरा–९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का र झापाको कनकाई नगरपालिका–८ घर भई हाल पोखरा–६ खहरे बस्ने ४५ वर्षीय टेकबहादुर भुजेल रहेका छन्।

उनीहरूको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनका गर गहना र तीनै जनाले बाँडेको अवस्थामा तथा चाँदीका दुई वटा बेरुवा औँठी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।