पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो (पोखरामा कति पुग्यो)

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०८२ मा प्रकाशित


नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल

नेपाल आयल निगम पोखरा झेल

पोखरा, ११ चैत/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको जानकारी दिएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका सुर्खेत र दाङका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका काठमाडौं, पोखरा र दिपायल लागि १८७ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।