नेपाली कांग्रेसले समानुपातिक सांसदको सूची टुंग्यायो (को को सहित)

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०८२ मा प्रकाशित


नेपाली कांग्रेस

नेपाली कांग्रेस

पोखरा, १ चैत/ नेपाली कांग्रेसले समानुपातिक तर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोग पठाएको हो । अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ ।

यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको छ ।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउच छन् ।

यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।