
रास्वपा
पोखरा, २७ फागुन / राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ करिब ५८ जना सांसद निर्वाचित हुने करिब निश्चित छ ।
महिलातर्फ मत विभाजन गर्दा ४८ जनालाई क्लस्टर अनुसार विभाजन गर्दा खस आर्य १५, जनजाति १४, मधेशी ८, दलित ६, थारू ३ र मुस्लिम २ जना महिला निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगमा रास्वपाले पुष १३ गते आफ्नो बन्द समानुपातिक सूची बुझाएको छ । सो सूचीअनुसार यस्तो हुनेछ । रास्वपाको समानुपातिक सांसदहरूको सूची ।
सबै क्लस्टरको पुरुषः जम्मा सङ्ख्या १० जना
खस आर्य पुरुषः रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपाने ।
जनजाती पुरुषः डा राम लामा, खुश्बु सरकार श्रेष्ठ निर्वाचित हुनेछन् । (मिङ्मा ग्याबु शेर्पा । निर्वाचित हुन सक्ने वा नसक्ने दुवै सम्भावना छ)
मधेशी पुरुषः सुप्रभात यादव, खगेन्द्र कर्ण ।
दलित पुरुषः प्रकाशचन्द्र परियार (प्रकाश विक निर्वाचित हुन सक्ने वा नसक्ने दुवै सम्भावना छ)
थारू पुरुषः सुरेन्द्र चौधरी ।
सबै क्लस्टरको महिलाः जम्मा सङ्ख्या ४८ जना
खस आर्य महिलाः प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल ।
जनजाति महिलाः बशुमाया तामाङ, गंगा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम मर्हजन, भूमीका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन, एलिजा गुरुङ र जीना विष्ट ।
मधेशी महिलाः पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी, पुनम साह ।
दलित महिलाः रिमा विश्वकर्मा, अमृता विक, सिता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार, तारा विश्वकर्मा ।
थारू महिलाः गिता चौधरी, उर्मिला चौधरी, करिश्मा कठरिया ।
मुस्लिम महिलाः समिना मियाँ र अफ्सना बानु ।
यी नाम सबै फाइनल हैन तर पनि थेरौ मात्रामा तलमाथी हुन सक्छ ।





