
कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु
पोखरा, २२ फागुन/ बिहिबार सम्पन्न प्रतिनिधि सभाको निर्बाचन अन्तर्गत कास्की जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा रास्वपाले फराकिलो अग्रता कायम गरेको छ । कास्कीका ३ वटै क्षेत्रमा रास्वपाले जित्ने सम्भावना देखिएको छ । तिनवटै क्षेत्रमा रास्वपा, कांग्रेस र एमाले बाहेकका अन्य दलको मत भने प्रतिष्पर्धा भन्दा निकै कम रहेको छ ।
कास्कीको रुपा गाउँपालिकामा १५ हजार ६११ मतदाता रहेकोमा ८७६० मत खसेको थियो त्यस मध्ये रास्वपाका गनेश पौडेलले ४ हजार ३३, नेपाली काँग्रेसका तिलक रानाभाटले १ हजार ६ सय ६५ र नेकपा एमालेका बैनवहादुर क्षेत्रीले २ हजार ३ सय ५३ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले १ सय ८९ मत पाएका छन् ।
यसैगरि कास्कीको निर्बाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाले फराकिलो अग्रता लिएको छ । रास्वपाका उत्तम पौडेलले ६ हजार ४ सय ६६ मत ल्याउदा नेकपा एमालेका रश्मि आचार्यले २ हजार ६ सय ९१ र नेपाली काँग्रेसका माधव प्रसाद बाँस्तोलाले १ हजार २ सय २५ मत पाएका छन । नेपाली कम्युनिष्ट पार्टीका किरण थापाले ४ सय ८२ मत प्राप्त गरेका छन् ।
कास्की निर्बाचन क्षेत्र नम्बर ३ मा पनि अन्य क्षेत्रको जस्तै मत रास्वपाले पाएको छ । जसअनुसार कास्की– ३ मा १२ हजार ५२ मत गणना हुँदा रास्वपाका उमेदवार बिना गुरुंगले ६ हजार ४७, नेपाली कांग्रसका मनोज गुरुङले २ हजार ९ सय ५९, नेकपा एमालेका दामोदर बैरागीले १ हजार ७ सय ३७ मत पाएका छन् । त्यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले २९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले २४० मत पाएका छन् ।
कास्कीका तिन निर्बाचन क्षेत्रमध्ये कास्की –१ लाई रास्वपाको बलियो क्षेत्र भनेर मानिएको भएपनि क्षेत्र न.२ लाई नेकपा एमालेले र क्षेत्र न. ३ लाई नेपाली काँग्रेसले जित्न सक्ने क्षेत्रको रुपमा धेरैले लिएका थिए । तर, मतगणनाको प्रारम्भिक परिणामले कास्कीका तिनवटै क्षेत्रमा रास्वपालाई बलियो राजनीतिक दलको रुपमा स्थापित गर्ने देखिएको छ ।





