कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी

-


     क्लिक गण्डकी     
     फागुन २२ गते २०८२ मा प्रकाशित


कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी

कास्की तीन वटै क्षेत्रमा

पोखरा, २२ फागुन/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वारले अग्रता लिएका छन् ।

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार गनेश पौडेल, कास्की २ मा उत्तम पौडेल र कास्की ३ मा विना गुरुङले अग्रता लिएका छन् । कास्की क्षेत्र नं १ मा रास्वपाका गनेश पौडेलले १३५४, नेपाली काग्रेसका तिलक रानाभाट ५९५, नेकपा एमालेका वैन वहादुर क्षेत्री ५२९, नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड ८३ मत प्राप्त गरेका छन् ।

त्यसै गरी कास्की २ मा २४५७ मत गणना भैसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार उत्तम पौडेलले १११७, नेपाली काग्रेसका मधु बास्तोलाले ३२२, नेकपा एमालका रश्मी आचार्यले ७३३, नेपाली कम्युनिष्ट पाटीका किरण थापाले ९४ मत प्राप्त गरे ।

त्यसै गरी कास्की ३ मा रास्वपाकी विना गुरुङले १३२३, नेपाली काग्रेसका मनोज गुरुङले ५६१, नेकपा एमालेका दामोदर पौडेलले ३३९ मत प्राप्त गरेका छन् । कास्की ३ मा अहिले सम्म माछापुछ्रे १ र अन्नपूर्ण १ को २५१९ मत गणना भएको हो ।