पोखराका ब्यबसायी एबम प्रजातन्त्रका सेनानी पालिखेको निधन

-


     क्लिक गण्डकी     
     माघ ३ गते २०८२ मा प्रकाशित


पोखराका ब्यबसायी एबम प्रजातन्त्रका सेनानी पालिखेको निधन

पोखराका ब्यबसायी एबम प्रजातन्त्रका सेनानी पालिखेको निधन

पोखरा, २ माघ/ पोखरा, पोखराका पुराना पुस्तक तथा स्टेसनरी ब्यबसायी, प्रजातन्त्रका सेनानी एवं पोखराका अग्रज समाजसेवी कर्णशंकर पालिखेको बुधबार बिहान निधन भएको छ ।

पोखराको नदीपुर, ज्ञानमार्ग निवासी पालिखेको ९६ वर्षको उमेरमा निधन भएको हो । स्व पालिखेको बुधबार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

त्यसअघि पालिखे निवास, नदिपुरबाट शुरु भएको शबयात्रामा पोखराका बिभिन्न उद्योगी ब्यबसायी, विभिन्न ब्यबसायिक एबम सामाजिक संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका कार्यकर्ताहरु समेत सहभागी रहेका थिए ।

उनका दुई छोराहरु नरेशशंक पलिखे र दिनेशशंकर पालिखे तथा दुई छोरीहरु विमला र सविता बैध रहेका छन् । छोरा नरेशशंकर पालिखे तत्कालिन पोखरा नगरपालिकाकाको उपप्रमुख रहेर काम गरेका थिए । अर्का छोरा दिनेशशंकर पालिखे पनि पोखरामा रहेर बिभिन्न सामाजिक एबम वित्तीय संस्थामा सक्रिय छन् ।