
माधव पहारी
पोखरा, १ असोज/ आगामी फागुन २१ गते हुने लागेको प्रतिनिधि सभाको निर्वाचनामा पोखरा ६ बैदामका माधव पहारी उमेद्वारी दिने घोषणा गरेको छन् ।
सामाजीक सञ्जाल फेसबुकबाट उनले आफु कास्की क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।
उनले १२ वर्ष अगाडी भएको संधिकान सभाजको निर्वाचनमा पनि उमेद्वारी दिएको बनाउदै फेसबुकमा लेखेका छन् । मैले १२ वर्ष अगाडी पनि स्वतन्त्र रुपमा उमेद्वारी दिएको थिए अब पनि दिनेछु ।
१२ बर्षमा खोला पनि फर्किन्छ भन्छन । मैले ठिक १२ बर्ष अगाडि संविधान सभाको सदस्यमा कास्कि क्षेत्र न ३ बाट स्वतन्त्र रुपमा चुनाब लडेको थिए । त्यति बेला स्वतन्त्र उमेदवारको कुनै भ्यालु नै थिएन । मान्छेहरु ज्यान छाड्न तयार हुन्थे तर पार्टि छाड्न सक्थेनन् । समय बद्लिएको छ । फेरि एक पटक आफुलाई परिक्षामा उतार्छु ।





