फेवातालमा खसेकी महिलाको सकुशल उद्धार

-


     क्लिक गण्डकी     
     भाद्र १७ गते २०८२ मा प्रकाशित


फेवाताल फाइलः तस्बिर

पोखरा, १७ भदौ/ पोखरा महानगपालिका–६ गौरीघाटस्थित फेवातालमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । महिला मकवानपुर घर भई पोखरा लेकसाइडमा बस्दै आएकी ४५ वर्षीया हिरा नेगी रहेकी छन् ।

मंगलबार बिहान उनी तालमा रहेको काठको मुढामा अड्किएको बोलाएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो ।

उनको उद्धार पश्चात पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।