पोखराको मुस्ताङचोक दुर्घटनाः एक युवकको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण ३२ गते २०८२ मा प्रकाशित


पोखराको मुस्ताङचोकमा दुर्घटना

पोखराको मुस्ताङचोकमा दुर्घटना

पोखरा, ३१ साउन/ पोखराको मुस्ताङचोकमा शुक्रबार बिहान भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा २१ घर भई हाल ड्यामसाइड निवासी २२ वर्षीय सुजन गौतम रहेका छन् ।

शुक्रबार बिहान करिब ६ बजे पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ग १ ख ७९२९ नम्बरको टिपर र राष्ट्रबैंक चोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार गौतम सहित अर्का पोखरा १७ बिरौटा निवासी २२ वर्षीय सुगम श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

गौतमलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

टिपर चालक धादिङको रोराङ गाउँपालिका ८ का ४३ वर्षीय मित्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ । ठोकिए पछि मोटरसाइकल टिपरको मुनि परेको थियो ।



Tags: