पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखिममा, बस्तीमा बाढी

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी

वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी

पोखरा, ४ साउन/ अविरल वर्षाका कारण पोखरा १३ काहुखोला बाधँ फुट्दा क्षेती भएको छ । काहुँ खोलाको बाधँ फुट्दा पोखरा १३ काहुखोलाको ढल्केपुल वरिपरि क्षेत्रका घर टहरा क्षेती पुगेको हो ।

दुई घर जोखिममा परेका छन् । पोखरा १३ वडा अध्यक्ष किरण बरालले बाधँ फुटेपछि दुई तिर बग्नुपर्ने पानी एकका तिर मात्रै बग्दा क्षेती भएको बताए ।

उनले राती ३ बजे देखी नै डोजर सहित शसस्त्र प्रहरीको टोली क्षेती कम गर्न लागेको बताए । रातीबाट नै हामी यही छौं, मानवीय क्षेती भएको छैन, भौतिक क्षेती पनि कम गर्ने तर्फ लागेको छौं । बाढी बस्तीमा पस्दा धेरै घरहरुमा बाढी पसेको छ ।