पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १७ जनाको आवेदन

-


     क्लिक गण्डकी     
     असार १२ गते २०८२ मा प्रकाशित


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा, १२ असार/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १७ जनाको आवेदन परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १७ जनामको आवेदन परेको हो ।

गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो । कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति उमेद्वार दिनेहरु
१. प्राडा अर्जुन आचार्य
२. डा प्रदीप घिमिरे
३. प्राडा माया लामा
४. प्राडा चण्डिका पण्डित
५. प्राडा भरत बहादुर खत्री
६. प्राडा राकेश कुमार वर्मा
७. प्राडा राजेश अधिकारी
८. प्राडा नारायण सिंह गुरुङ
९. प्राडा प्रेमराज ज्ञवाली
१०. प्राडा विधान निधि पौडेल
११. प्राडा इश्वर शर्मा कँडेल
१२. प्राडा दिपकराज पौडेल
१३. डा श्रीकृष्ण श्रेष्ठ
१४. डा कालु शर्मा सुवेदी
१५. प्राडा विष्णु प्रसाद शर्मा
१६. डा रामेश राज कोइराला
१७. डा लक्ष्मी नारायण सिंह



Tags: