
कास्की सहित तीन जिल्लामा भारी बर्षा, सतर्कक रहन अनुरोध
पोखरा, १ असार/ जल तथा मौसम विज्ञान विभागले असार १ गते साँझ ८ बजे पछि तीन जिल्लामा भारी वर्षा भएको बताएको छ ।
गण्डकी प्रदेशका स्याङ्गजा, पर्वत र कास्की जिल्ला स्थित क्रमशः पन्चमुल, पन्चासे र लुम्ले लगायत आसपासका बर्षामापन केन्द्रमा मध्यम देखि भारी बर्षामापन भएको जनाएको छ ।
त्यस क्षेत्र भई बहने स साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाई विभागले अनुरोध गरेको छ ।





