१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट, कर्मचारीलाई भत्ता, यस्ता बजेटका विशेषता

-


     क्लिक गण्डकी     
     जेठ १६ गते २०८२ मा प्रकाशित


विष्णु पौडेल

विष्णु पौडेल

पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोड विनियोजन बजेट प्रस्तुत गरे ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अहिले सम्म ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पु¥याइएको हो ।

सरकारले खेलकुद क्षेत्रमा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि खेलकुदमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका छन् ।

सोलुखुम्बु, मुस्ताङ लगायतका हिमाली जिल्लामा हाइ अल्टिड्युड स्पोट्र्स स्टेडियम निर्माण गरिनेछ । यस्तै, टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड, मूलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४२ करोड विनियोजन गरिएको छ ।

त्यसै गरी सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड विनियोजन गरिएको छ ।

कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

सूचना प्रविधि र होटलमा विद्युत् महसुल र आयकर छुट दिने सरकारले नीति ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको भन्दै सूचना प्रविधि सेवा निर्यात गर्दा प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिने घोषणा गरे ।
नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा बेच्ने व्यक्तिलाई जम्मा ५ प्रतिशत मात्रै कर लाग्ने यही नै अन्तिम हुने पौडेलले बताए ।

सरकारले आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २६ हजार ९ सय युवाहरूलाई तालिम प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाहरूलाई सिपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइने लक्ष्य तालिम दिने योजना हो ।

सामुदायिक विद्यालमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारले उपलब्ध गराउँदै आएको शसर्त अनुदान बढ्ने भएको छ । त्यसका लागि १० अर्ब १६ करोड बजेट बिनियोजन गरिएको उनले बताए ।

व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने भएको छ ।

विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । बजेट मार्फत विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने पौडेलले घोषणा गरेका हुन् ।

सहरी विकास मन्त्रालयले १ खर्ब १८ अर्ब ३४ करोड बजेट पाएको छ ।



Tags: , ,