
क्षितिज थेबे र सुमन पुरी
पोखरा, १३ जेठ/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानल नै विजयी भएको छ । थेवे १८८ मतले पछि पार्दै विजयी भएका हुन् ।
थेबेले ७९७ मत ल्यादा सुमन पुरीले ६०८ मत प्राप्त गरे । यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुबेर अधिकारी ६४९ मत ल्याएका छन् ।
१ हजार ७ सय ६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४ सय ४ मत खसेको थियो । महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो ।
पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ पदमा निर्वाचित भएका छन् ।





