कार्यसम्पादन मूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

-


     क्लिक गण्डकी     
     फागुन २ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, २ फागुन/ पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको कार्यसम्पादन मूल्यांकन (लिजा) मा उत्कृष्ट बनेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन स्वमूल्यांकनमा पोखरा उत्कृष्ट बन्न सफल भएको हो ।

९३ दशमलब ५ प्रतिशत अंक सहित पोखरा र ललितपुर महानगर पालिका पहिलो स्थानमा छन् । विराटनगर र भरतपुर महानगरपालिका ८९ दशमलब ७५ प्रतिशत अंक, काठमाडौं महानगरपालिका ८२ दशमलब ७५ प्रतिशत अंक र विरगन्ज महानगरपालिका ६८ दशमलब ५ प्रतिशत अंक ल्याएका छन् ।

महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीको प्रयासले सफलता हासिल गरेको पोखराका मेयर धनराज आचार्यले बताए । उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको हो ।



Tags: