एकढिक्का भए बहुमत ल्याउन सकिन्छः देउवा

-


     क्लिक गण्डकी     
     माघ २१ गते २०८१ मा प्रकाशित


एकढिक्का भए बहुमत ल्याउन सकिन्छः देउवा

एकढिक्का भए बहुमत ल्याउन सकिन्छः देउवा

पोखरा, २१ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का हुने हो भने नेपाली काग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताएका छन् । यही निर्वाचन प्रणालीबाट पनि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का हुदाँ बहुमत ल्यान सकिने बताए ।

नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘बहुमत प्राप्त गर्न पनि त्यति सजिलो छैन ।’ उनले भने ‘तैपनि हाम्रो पार्टी एक भएर हिडेको खड्मा आफ्ना मतभेदहरु विर्सेर सब एक साथ लाग्यो ।’ उनले हाम्रो पार्टीले बहुमत पनि प्राप्त गर्न सक्दछ । नेताहरु तथा साथीहरु देशभरबाट आउनु भएको छ सबै जना एक भएर लाग्न पनि अनुरोध गर्दछु ।

संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । पार्टीभित्र क्रियाशील विभिन्न समूहहरूतर्फ संकेत गर्दै सभापति देउवाले पार्टीका सबै नेताहरू लागेर पार्टीलाई त्यही दिशामा अगाडि बढाउन हार्दिक अनुरोध गरे । उनले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहो¥याए ।

बिपी कोइराला, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए । कार्यक्रममा प्रशिक्षण विभाग प्रमुख तथा उपसभापति पुर्णबहादुर खड्काले सविधान सम्सोधन हुने बताए ।

उनले सबैका समस्यालाई छलफल गरेर संविधान सम्सोधन हुने बताए । अभिमुखिकरण कार्यक्रममा प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरुको सभागिता रहेको छ ।



This will close in 10 seconds