
पोखरा, २० पुस/ नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको माघको अन्तिम साता हुने भएको छ । माघ २६ र २७ गते पोखरामा प्रथम गण्डकी प्रदेश अधिवेशन हुने शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
यस अघि पुस १९ र २० गतेको लागि तोकिएको महाधिवेसनको मिति सार्दै नयाँ मिति तोकिएको हो । अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।
५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुनेछन् ।
यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।
प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता रहने छ । अधिवेशन सम्पन्न गर्न पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरेको प्रचार प्रसार संयोजक नवराज सुबेदीले जानकारी दिए ।





