
पोखरामा हतियार देखाएर सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ
पोखरा, ५ पुष/ पोखरामा हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।
तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली पक्राउ परेका छन् ।
उनीहरुले अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।





