
गोपाल हमाल
धनगढी, २२ मंसिर/ धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए । अस्पतालले थप उपचारका लागि दिल्ली रेफर गरिएको जनाएको छ ।
उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको छ ।
चिकित्सककाले हमालको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने नरहेको बताए ।





