
अमेरिकाले नेपाली विद्यार्थी भिसा आवेदन अप्रिलबाट
पोखरा, १९ मंसिर/ अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्ने भएको छ ।
अमेरिकी दूतावास काठमाडौंले सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति सार्वजनीक गरेको छ ।
दूतावासले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिल समेत गरेको छ ।
सूचना अनुसार अप्रिल महिना २०२५ का आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ जनाइएको छ ।
विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि https://np.usembassy.gov/visas/ लिंकमा गएर भर्न सकिने दूतावासले जनाएको छ ।
अमेरिकामा अध्ययन गर्ने योजना गरिरहनुभएका विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना !
हामी २०२५ सालको अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा अपोइन्टमेन्टहरूको मिति घोषणा गर्न पाउँदा खुशी छौं।
अप्रिल २०२५ का अपोइन्टमेन्टहरू २२ जनवरी बिहान ८ बजे खुल्नेछ
मे २०२५ का अपोइन्टमेन्टहरू १३ मार्च बिहान ८ बजे खुल्नेछ
जुन २०२५ का अपोइन्टमेन्टहरू १७ अप्रिल बिहान ८ बजे खुल्नेछ
जुलाई २०२५ का अपोइन्टमेन्टहरू १५ मे बिहान ८ बजे खुल्नेछ
आफ्नो स्थान सुरक्षित गर्न तयार रहनुस्। विद्यार्थी भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि तल लिंकमा जानुहोस्: https://np.usembassy.gov/visas/
Attention students planning to study in the United States!
We’re pleased to announce the release schedule for student visa appointments for April, May, June, and July 2025.
April 2025 appointments open at 8 a.m. on January 22
May 2025 appointments open at 8 a.m. on March 13
June 2025 appointments open at 8 a.m. on April 17
July 2025 appointments open at 8 a.m. on May 15
Mark your calendars and secure your spot early! For comprehensive information about the student visa process, visit our website: https://np.usembassy.gov/visas/







