
माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
पोखरा, ७ मंसिर/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्थ, सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भुमिका रहने साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने बताए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडी बढाउने बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले गत वर्ष जसरी यस वर्ष संघीय सरकारबाट सहयोग नरहेता पनि खेलकुदलाई प्राथामिकतामा राखेर पालिकाको आर्थिक लगानिमा यस खेललाई निरन्तरता दिएको बताए ।
वडा २ का अध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका यूवाहरुमा निरशा छाएको बताए ।
कार्यक्रममा शुभकामना दिदै वडा नम्बर ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्रिले खेलमा हारजित त भै हाल्छ तर खेल मर्यादित, अनुशासित र लगनशिल भएर खेल्न खेलाडीहरु आग्रह गरे ।
आइतबार भएको खेलमा मार्च पास तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय शुक्ला गण्डकी मावि, तृतिय सारदा मावि भए ।
पुरुष १५०० मि दौडमा प्रथम माछापुच्छ्रे माविका अनुप नेपाली, द्धितिय निश्पक्ष माविका नविन विक, तृतिय उदय माविका कुशल नेपाली भए । महिला १५०० दौडमा प्रथम बराह मावि कि पुर्णिमा नेपाली, द्धितिय उदय मावि कि सरस्वती भण्डारी , तृतिय महेन्द्र मावि कि सम्झना अधिकारी रहेका छन् ।
पुरुष ४०० मि दौडमा प्रथम शुक्लागण्डकी माविका पृतम परियार, द्धितिय बराह माविका रोहित परियार, तृतिय महेन्द्र माविका अरुण परियार भए । महिला ४०० मि दौड तर्फ प्रथम पृथ्वीनारायण मावि की विनिता विक, द्धितिय बराह मावि की विपना अधिकारी र तृतिय शुक्लागण्डकी मावि की दिपिशा पोखरेल हात पारिन् ।
पुरुष १०० मि दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण माविका आविष्कार विक द्धितिय र शुक्लागण्डकी माविका अद्धितिय भारति तृतिय भएका छन् । महिला १०० दौड तर्फ सागर मोमोरियल बोर्डिङ स्कुल की सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी मा।वि की प्रतिज्ञा पोखरेल द्धितिय र निश्पक्ष मावि काी एलिना लामिछाने तृतिय भएकी हुन ।
लगंजम्प महिला तर्फ महेन्द्र मावि की कुशुम नेपाली प्रथम ,शुक्लागण्डकी मावि की प्रतिक्षा पोख्रेल द्धितिय र निश्पक्ष मा।वि की एलिना लामिछाने तृतिय भईन । नृत्य तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय उदय मावि र तृतिय बराह मावि रहेको छ ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्रिले र संचालन शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखे्रले गरे ।
मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र माविको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।





