
जनरल अशोक मेहता
पोखरा, २६ कात्तिक/ भारतीय गोर्खा बिग्रेड बारे भारत र नेपाल दुवैले अन्तिपथबारे तुरुन्तै वार्ता थाल्नु पर्ने भारतीय सेनाका अवकास प्राप्त जनरल अशोक मेहताले बताएका छन् ।
पोखरामा भूपू सैनिक संगठन २/५ गोर्खा राइफल्सको १३८ औं जन्म जयन्ती समारोहमा मेहताले नेपालबाट भर्ती रोकीएपछि नागा, गढवाल, कुमाउँबाट भर्ती नेपाली भन्दै भर्ति गरिएको बताए । नेपालबाट मान्छे नपाएर गढवाल, कुमाउँतिरबाट भर्ती गराउन लागेको उनको भनाई छ ।
सदियौबाट नेपाली भर्ती भइरहेको बताउँदै मेहताले तुरुन्त भर्ती खोल्नु पर्नेमा जोड दिए । यो मात्र भर्तीका कुरा होइन भर्ती भन्दा अगाडी भारत नेपालको सम्वन्धको विषय रहेको उनले बताए ।
अग्नीविर भारतीयकालागि ५ वर्ष रहेको र नेपालका लागि ७ वर्ष गर्नसक्ने पनि उनले बताए । नेपाललाई अग्नीविरबाट अलग गरिदियो भने त्यो झन राम्रो हुने थियो । कार्यक्रम विषेश अतिथि अन्नपुर्ण मिडिया नेटर्वोकका अध्यक्ष रामेश्वर थापाले सैनिक कहिले पनि रिटायर नहुने बताए । उनले नेपाल र भारतका सम्बन्ध सधियो देखी भाइचारको रहदै आएको बताए ।
भर्ती रोकिनु अघि सम्म वार्षीक १२ सय देखि १५ सय सम्म नेपाली भारतीय सेनामा भर्ती हुने गरेका थिए । भूपू सैनिक संगठन २/५ गोर्खा राइफल्सको १३८ औं जन्म जयन्ती समारोह शुभकामाना आदानप्रदान कार्यक्रम गरी मनाइएको थियो । २/५ गोर्खा राईफल्स (अग्रिमवल) पूर्वा सैनिक पोखराका अध्यक्ष कप्तान सुदर सिंह थापाले स्वागत गरे ।
भारतीय पेन्सन क्याम्प पोखरा अफीसर इन्चार्ज कमाण्डर कनेल प्रशान्त बगेलले बिरामी परेपछि कार्ड बनाउनु भन्दा बेलैमा स्वास्थ्य कार्ड बनाउन अनुरोध गरे । भारतीय पेन्सन क्याम्प पोखराका डा आवरनी कुमार अशोकले बेलैमा उपचार गरे जटील रोग पनि सन्चो हुने भएकोले नियमीत स्वास्थ्य चेकजाँच गर्न भूपू सैनिकहरुलाई अनुरोध गरे ।
२/५ गोर्खा राईफल्स (अग्रिमवल) पूर्वा सैनिक पोखराका उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङ र सुवेदार कलरक दलबहादुर गुरुङले पनि संस्थाका गतिविधिका बारेमा बोलेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक नृत्य र गीत प्रस्तुत गरिएको थियो ।








