
एमालेको आन्दोलनका पोखरा महानगर
पोखरा, २० कात्तिक/ नेकपा एमालेका जनप्रतिनिधिको र कर्मचारी संलग्नतामा पोखरा महानगरपालिकामा मंगलबार भएको आन्दोलनका क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् ।
आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो ।
पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार हुँदा घाइते भएको जानकारी दिए । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अण्डकोषमा चोट छ ।
करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित आन्दोलन गरेका हुन् । उनीहरू आफ्नो मागबारे मेयर र उपमेयरलाई जानकारी गराउने भन्दै भित्र प्रवेश गर्न खोजेपछि नगर प्रहरीले सम्बन्धित व्यक्ति नभएको भन्दै रोकेका थिए ।
सो क्रममा धकेलाधकेल हुने क्रममा नगर प्रहरीको गुप्ताङ्गमा जनप्रतिनिधीले प्रहार गरेको बताइएको छ । गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आएको छ ।







