पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट, पृथ्वीचोक र सृजनाचोकको सञ्चालनमा

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०८१ मा प्रकाशित


ट्राफिक लाइट

ट्राफिक लाइट

पोखरा, १ कात्तिक/ पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडान पछि दुई वटा चोकमा सञ्चालन भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडान भए पनि दुई वटा चोकमा सञ्चालन गरेको छ ।

पोखरा महानगरपालिका सँगको समन्वयमा सडक विभागले १ करोड ७० लाख लागतमा काम निमार्ण भएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडानका छन् ।

पोखरा महानगरपालिका थप ५ वटा चोकहरूमा ट्राफिक संकेत लाइटहरू जडान लागि टेन्डर आह्वानको प्रक्रियामा रहेको छ । चिप्लेढुंगा, हल्लनचोक, राष्ट्रबैकचोक, रत्नचोक र हेमजाको मिलनचोकमा पनि ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् ।

महेन्द्रपुलमा भने जडान भैसकेको छ । सहरी क्षेत्रको ट्राफिक कन्ट्रोल गर्न कम जनशक्तिका बाबजुद लाइटहरू प्रभावकारी हुने विश्वास छ ।



Tags:

This will close in 10 seconds