
दुर्घटना फाइल तस्बिर
नुवाकोट, १४ असोज/ काठमाडौंबाट लमजुङ आउदै गरेको माइक्रोबस नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
दुईजना गम्भीर घाइते रहेका छन् । काठमाडौंबाट नुवाकोटहुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरी जानकारी दिएको छ ।
काठमाडौं टोखा–छहरे–गंगटे सडकखण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका– ७ अदुवारवारी घुम्तीमा माइक्रोबस सडकबाट १ सय ५० मिटर तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ ।





