
बुलौदीमा कार दुर्घटना
पोखरा, ४ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदी खोला पुलमा कार दुर्घटना भएको छ । हल्नचोकबाट जिरो किलोमिटर तर्फ आउदै गरेको बा५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो ।
बिहान ५ बजे भएको दुर्घटनामा कार सडकको डिभाडरमा उक्लेको छ । ओरालो सडक र घुम्दी भएका कारण यो ठाउँमा बेला बेलामा दुर्घटना भइरहने भए पनि पुल सम्बन्धीत पक्षको ध्यान जान सकेको छैन ।
दुर्घटना भएको कारमा दुई जना सवार थिए । उनीहरुलाई सामान्य चोट लागेको छ ।







