एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीपक पौडेललाई हराउदै जीवन आचार्य निर्वाचित

-


     क्लिक गण्डकी     
     जेठ २१ गते २०८१ मा प्रकाशित


जीवन आचार्य र दिपक पौडेल

जीवन आचार्य र दिपक पौडेल

पोखरा, २१ जेठ/ नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् ।

आचार्यले निकटतम प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराए । आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए ।

४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् । पदाधिकारीतर्फ आचार्य प्यानल नै विजयी भएका छन् ।