
बिनोदबाबु बस्ताकोटी
पोखरा, १६ जेठ/ सगरमाथा आरोहण गरे फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको निधन भएको हो ।
जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजे तिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो ।
उनका शेर्पा गाईड उपलब्ध गराएको कम्पनी पाईनयर एड्भान्चरबाट जानकारी दिएका थिए ।
उनको आधार शिविर व्यवस्थापन गर्ने कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा किचनका स्टापहरु मार्फत बेवारिसे अवस्थामा रहेको डफल ब्याग आधार शिविरमा अवस्थित प्रर्यटन विभागको फिल्ड कार्यालयमा बुझाएको छ ।







