पोखराको जाल्पारोडमा नवजात शिशु भेटियो

-


     क्लिक गण्डकी     
     जेठ १५ गते २०८१ मा प्रकाशित


पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी

पोखराको मुख्यबजार न्युरोड

पोखरा, १५ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पारोडमा नवजात शिशु फेला परेको छ । सोमबार दिउसो १२ः४५ बजे नारायण सुवेदीको घरको ढोकामा शिशु फेला परेको हो ।

शिशु देख्ने वित्तिकै उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

शिशुको सबै अवस्था मध्यम रहेको प्रहरीले जनाएको । अपरिचित व्यक्ति आएर शिशु ढोकामा छोडेर गएको बताइन्छ । यस सम्बन्धमा वडा प्रहरी कार्यालय बैदामले थप अनुसन्धान सुरु गरेको छ ।



Tags: