तनहुँको दमौली बजारमा आगलागी, २० सटर जले

-


     क्लिक गण्डकी     
     जेठ ७ गते २०८१ मा प्रकाशित


आगोलागि

आगोलागि

तनहुँ, ७ जेठ/ तनहुँको व्यास नगरपालिका–३, दमौली बजारमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

आगोलाई ३ घण्टाको प्रयासपछि पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

३ घण्टाको प्रयास पछि नियन्त्रणमा लिए आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



Tags: