
पोखराको र्फिके पुलमा दुर्घटना
पोखरा, ३० बैशाख/ गएराति पोखरा ५ र्फिकेमा पुलमा दुर्घटना भएको छ । जिरोकिलोमिटरबाट विध्यवासीनि तर्फ जादै गरेको ग११प ३९८६ स्कुट दुर्घटना भएको हो ।
राति एक बजे फिर्के पुलमा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । सो क्षेत्रमा बेला बेलामा दुर्घटना हुने गरेका छन् ।
सडक फराकीलो र पुल सागुरो हुदाँ दुर्घटनाहरु हुने गरेका छन् । पुल निमार्णको काम दश वर्ष हुदाँ पनि निमार्ण हुन सकेको छैनन् ।





