गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा पुतली बजारमा निःशुल्क दन्त शिविर

-


     क्लिक गण्डकी     
     वैशाख २४ गते २०८१ मा प्रकाशित


गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा पुतली बजारमा निःशुल्क दन्त शिविर

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा पुतली बजारमा निःशुल्क दन्त शिविर

पोखरा, २४ बैशाख/ गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा स्मृति युवा क्लबको स्थानीय सहयोग र रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनाा स्याङजाको पुतलीबजार १३ लामपाटामा शिविर भएको छ ।

निःशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर २ सय ५३ जनाले सेवा लिएका छन् । कार्यक्रमका अध्यक्ष डा लुना शर्मा अर्यालले स्वास्थ्य शिविरको महत्वबार जानकारी दिइन् । उनले गण्डकी मेडिकल कलेज र स्थानीय समुदायबीचको सहकार्य, स्याङ्जा जिल्लाका जनताका लागि कलेजले योगदान गरेको बताइन् ।

शिविरमा सहभागीको दाँत, सुगर र प्रेसर जाँच गरिएको थियो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले रोटरी क्लबले जनतालाई लाभान्वित हुने गरी शिविर आयोजना गरेकोमा आभार व्यक्त गरे । उनले गण्डकी मेडिकल कलेज र रोटरी क्लबसँग आगामी दिनमा पनि सहकार्य गरिने बताए ।

कार्यक्रममा रोटरी क्लब अफ नक्सल शक्तिका पब्लिक इमेज चेयर डा नुवादत्त सुवेदी, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठ, पुतलीबजारकी उपमेयर देवी अर्याल, क्लबका सर्भिस प्रोजेक्ट चेयर डा उज्ज्वल कोइराला, नक्साल शक्तिका कोषाध्यक्ष कृष्ण पौडेल र स्मृति युवा क्लब लाम्पाटाका सचिव मीनप्रसाद अर्यालले स्वास्थ्य सम्बन्धी जानकारी दिदै शिविरका बारे जानकारी दिए ।