नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल

-


     क्लिक गण्डकी     
     वैशाख १९ गते २०८१ मा प्रकाशित


खुमा अर्याल

खुमा अर्याल

नेपालगञ्ज, १९ बैशाख/ मेडिकल व्यवसायी खुमा अर्याल नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा चयन भएका छन् । कलेजको मेजर सेयर खरिद गरेका अर्याल मंगलबारबाट कलेजको अध्यक्षमा चयन भएका हुन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दीप अग्रवाल रहेका छन् ।

अध्यक्ष अर्यालले नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पु¥याउने बताए ।
नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल र महेन्द्रनगरमा जग्गा रहेको छ ।

अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष हुन् भने युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुन् । अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाएका छन् ।



Tags: