
शंकर पोखरेल
पोखरा, १० फागुन/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताए ।
नेकपा एमाले कास्की जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले वामपन्थी गठबन्धन नभएको बताए । उनले गठबन्धन भत्काउन नेपाली काग्रेसलाई पनि भनेको बताए । तर नेपाली काग्रेस नमाने पछि माओवादी सगँ सहकार्य अगाडी बढेको बताए ।
उनले देश विकासको काम पुरान पार्टिले नै गर्ने बताए । नयाँ प्रयोगशाला बनाउदा देश विकास हुन नसक्ने बताए । उनले देशलाई अस्तिता कायम राख्न नयाँ पार्टि र स्वतन्त्रहरुलाई विदेशी शक्तिले अगाडी सारेको बताए ।
उनले अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन २०८४ लाई सफल बनाउन मद्दत पुग्ने बताए । एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको पनि महासचिव पोखरेलले प्रष्ट पारे । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनको उद्घाटन शत्रमा विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।
११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९ सय ३५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।





