स्याङ्जामा गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८३ मा प्रकाशित


स्याङ्जामा गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

स्याङ्जामा गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

पोखरा, ३२ असार/ वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एक किसानको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।

बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापाले गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

ढुंगा–माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा आवश्यक मुचुल्का तथा थप अनुसन्धानको काम भइरहेको छ ।